

बाँके : पार्टी कार्यकर्ताको गुनासो सुन्न र अन्तरक्रिया गर्नका लागि माओवादी केन्द्रले सञ्चालन गरेको २ महिने संगठन सुद्धिकरण तथा जनसम्बन्ध विस्तार’ अभियान बाँकेमा प्रभावकारी देखिएको छ ।

जिल्लाको आठवटै स्थानीय तह स्थित गाउँवस्तीमा माओवादी केन्द्रका प्रतिनिधिहरू खटिएका छन् ।यसअघि चुनावको बेलामा मात्रै नेता कार्यकर्ता गाउँबस्ती घुम्ने परिपाटी भएकोमा अहिले पार्टीले चलाएको यस अभियानले कार्यकर्तामा उत्साह पैदा गरेको नेकपा माओवादी केन्द्रका बाँके संयाेजक नरेन्द्र पाण्डे (जेम्स )ले
जानकारी दिनुभयो। २ महिने संगठन सुद्धिकरण तथा जनसम्बन्ध विस्तार’ अभियानका लागि बाँकेमा केन्द्र प्रदेश तथा जिल्लाका जिम्मेवार नेताहरू खटिएको माओवादी केन्द्र बाँकेका सचिव दिल्ली प्रसाद बरालले जानकारी दिए । बाँकेकाे नेपालगन्ज उपमहानगरपालिका ,काेहलपुर नगरपालिका राप्तीसाेनारी गाउँपालिका, बैजनाथ गाउँपालिका , जानकी गाउँपालिका लगाएतका विभिन्न वडामा अभियान संचालन भएकाे छ। पार्टीको प्रभावलाई विस्तार गर्न तथा पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन अभियानले राम्रो भूमिका खेल्ने माओवादी केन्द्रको विश्वास छ । अभियान अन्तरगत वस्तीस्तरका कार्यक्रम र भेलाहरूमा

स्थानीयहरूले पार्टीका नेता कार्यकर्तालाई नियमित रूपमा जनतासँग सम्पर्कमा रहन सुझाव दिने गरेको माओवादी केन्द्र बाँकेका सचिव दिल्ली प्रसाद बरालले बताए । जिल्ला
तथा प्रदेशका नेताहरूलाई आफूहरूले फोन गरेको

बेला उठाउन, पार्टी कमिटीका बैठकहरू नियमित राख्न,
आफ्ना सुख दुखमा साथ दिन स्थानीयहरूले आग्रह गर्ने
गरेको अभियानमा खटिएका प्रतिनिधिहरू बताउँछन् ।
पार्टी सदस्यता नवीकरण, विस्तार तथा टोल कमिटीलाई
चलायमान बनाउनका लागि अभियान बढी केन्द्रित रहेको जनाएको छ । जनस्तरमा प्रभावकारी देखिएको याे अभियान
मार्फत समाजमा राम्रो सम्भावना भएका
युवाहरू र सम्भावनायुक्त अन्य व्यक्तिहरूलाई पनि पार्टीमा सामेल
हुन प्रेरित गर्ने गरेको जिल्ला सचिव बरालले जानकारी दिए । पाटी कमिटी चलाएमान बनाउन विभिन्न कमिटी बिस्तार पुनः गठन गर्ने कार्य अनुसार आज अखिल नेपाल ट्रेड युनियन महासंघ
बाँके जिल्ला चौथो सम्मेलन सम्पन्न गरेकाे छ। हजरत अलि साईकाे अध्यक्षतामा नयाँ कमिटी चौथो सम्मेलनले पाएकाे छ।