

नेपालगन्ज ।माओवादी केन्द्रको उपमहानर कमिटीको विस्तारीत बैठकले दुई महिने अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्ने निर्णहरु गर्दै ‘संगठन सुद्धिकरण तथा जनसम्बन्ध विस्तार’ अभियानलाई तिव्रताका साथ टोलटोलसम्म पुर्याउने कार्यक्रम तय गरे अनुसार आज १ नम्बर कमाण्डको पहिलो बैठक संयोजक गोपाल पुनको

अध्यक्षतामा र बाँके जिल्ला सचिव डिल्ली प्रसाद बराल र नगर
अध्यक्ष रतन बहादुर शाहीको विशेष आतिथ्यमा नेपालगन्ज उपमहानगर कमिटीकाे कार्यालयमा सम्पन्न भएकाे छ। बैठकले विभिन्न निर्णय गरेकाे १ नम्बर कमाण्ड संयाेजक गाेपाल पुनले जानकारी दिनुभयो ।१ नम्बर कमाण्डमा रहेका वडाहरुमा चैत्र ९ देखि १४ गते सम्म बैठक बसिसक्ने र आन्तरिक तयारी गर्ने निर्णय गरेकाे छ। २ महिने संगठन बिस्तार तथा सुदृढिकरण अभियानको उद्घाटन भव्य रुपमा गर्ने याेजना अनुसार चैत्र १५ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४मा रहेकाे बाैद्वगुम्बा परिसरमा दिनको ठिक १२ बजे भेला भएर २ महिने संगठन बिस्तार तथा सुदृढिकरण अभियानको उद्घाटन गर्ने निर्णय सर्वसम्मत रुपमा भएकाे संयाेजक पुनले जानकारी दिनुभयो । २ महिने संगठन बिस्तार तथा सुदृढिकरण अभियानलाई सफल बनाउन १नम्बर कमाण्ड

अन्तर्गतका वडाहरुमा स्थाई रुपमा बस्ने सम्पूर्ण जिल्ला, नगर, वडा, टोल र सेल सदस्यहरु आ-आफ्नो ठाउंमा सकृय रुपमा लाग्न र मजबूत पार्टी निर्माणमा योगदान दिन पनि संयाेजक पुनले अनुरोध गरे। वडा नम्बर १, २, ३, ४, ५ र ६ मा उपाध्यक्ष गोपाल पुनकाे संयाेजकमा रहेका छन।