

खजुरा, बाँके । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम

वैदेशिक सरोकारवालाहरु र स्थानिय जनप्रतिनिधिहरूसँग आप्रवालकको तथा प्रभाव कामदारलाई सामाजिक बहिस्करण र प्रभाव न्यूनिकरण बिषयमा १ दिने अन्तरक्रिया कार्यक्रम बाँकेको खजुरा गाउँपालिकामा सम्पन्न भएकाे छ। सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने सम्बन्धि उक्त कार्यक्रम ‘कामदारलाई सामाजिक बहिष्करण तथा प्रभाव न्यूनीकरण’ बिषयमा गाउँपालिकाको राेजगार शाखाकाे आयाेजनामा सम्पन्न भएकाे थियो । स्वदेशमा नै राेजगारी गराैँ, वैदेशिक राेजगारीमा जाने नै भए सहि सूचना लिएर, सीप सिकेर मात्र जाऔँ’ भन्ने मूल नाराका साथ सामीले सुरक्षित आप्रवासन, मनाेपरामर्श जस्ता कार्यक्रमहरु संचालन गर्दै आएकाे जनाएको छ । वैदेशिक राेजगारीमा रहेका व्यक्तिहरुका नेपालमा रहेका आफ्ना परिवारका सदस्यहरु माथि समाजबाट हुने विभिन्न किसिमका अपहेलना, भोग्नुपरेका लान्छना, खराब व्यवहार, नराम्रो नजर आदि जस्ता कुराहरुबाट कतिपय महिलाहरु प्रताडित भई डिप्रेसनमा जाने आत्महत्या जस्तो भयानक अवस्थाको सिकार समेत बन्न सक्ने हुनाले त्यस्ता बिषयमा सचेतना फैलाउने उद्देश्यले सम्बन्धित सरोकारवालाहरु संग यस्तो अन्तरक्रिया कार्यक्रम संचालनमा ल्याएक गाउँपालिकाकले जनाएको छ ।
पालिकाको रोजगार शाखाले चालु आर्थिक बर्ष ०७९/८० मा गाउँपालिकाभित्र १३ वटा लान्छना सम्बन्धि, रोजगारीका क्रममा बिदेशमा मृत्युवरण गरेका ५ जनाका सम्बन्धित घरका परिवारहरुलाई परामर्श लगायत गरेर ३० वटा विभिन्न वैदेशिक रोजगारी सम्बन्धित मुद्दामा परामर्शसहितको सेवा दिइएको तथ्यांक मनोपरामर्शकर्ता मुना रिजालले जानकारी दिइन् ।

कार्यक्रममा चालू आर्थिक बर्षमा खजुरा गाउँपालिकाको वडा नम्बर २ मा २२ जना, वडा नम्बर ३ मा २५ जना, वडा नम्बर ५ मा २८ जना र वडा नम्बर ६ मा ३१ जना गरि जम्मा १ सय ६ जनालाई वित्तीय साक्षरता कक्षाहरु संचालन गरी विदेशी रेमिटेन्सलाई कसरी वचत गर्ने लगायतका बिषयहरुमा परामर्श प्रदान गरिएको वित्तीय साक्षरता परामर्शकर्ता सुष्मा मिश्रले जानकारी गराएकी थिइन् ।
वैदेशिक राेजगार प्रबर्द्धन बोर्डको तथ्यांक अनुसार हालसम्म सीप सिकेर वैदेशिक राेजगारीमा गएकाहरुकाे संख्या भने अति न्यून रहेको कार्यक्रम अधिकृत लक्ष्मी चाैधरीले जानकारी दिनुभयो । कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले पछिल्लो समयमा वैदेशिक राेजगारीमा जानेहरूको संख्या दैनिक बढ्दाे रहेको तर सम्बन्धित बिषयमा सीप सिकेर जानेको संख्या अत्यन्तै कमी भएको पाइएकाले पालिकाले आगामी दिनहरुमा सीप सिकेर सम्बन्धित बिषयमा दक्षता हासिल गरेर मात्र वैदेशिक राेजगारीमा जाने कार्यक्रमको व्यवस्था गर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, कर्मचारीहरु तथा सम्बन्धित सरोकारवालाहरु लगायतको उपस्थिति रहेको थियो ।