

गजल आदत बनेको रै छौ, मनमा के गरौं?

डढेलो लागे झै भा छु,बनमा के गरौं?
तिमी खेलाची गरेर, लुकामारी गर्जी,

म खुत्रुक्कै हुन्छु,पर्छ रनमा के गरौं?
चढायौ सम्पन्नताको,शिखर माथि त,

तिम्ले दिने खुसी,छैन धनमा के गरौं ?
दौलत गाडी बङ्गला,सब देखावटी,
तर खुसी रै छ,आफ्नै पनमा के गरौं?
बिझाई रहन्छ आँखा,मिच्दै रात काट्छु,
विचित्रै ओैडाहा हुन्छ,तनमा के गरौं?
****
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके