

मच्छिन्द्र फुटबल क्लब आहा रारा गोल्डकपमा फराकिलो जित

हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार शहीद स्मारक ए डिभिजन लिग

च्याम्पियन मच्छिन्द्रले आहा-रारा गोल्डकपको डिफेन्डिङ्ग
च्याम्पियन संकटा क्लबलाई ४-१ को फराकिलो अन्तरले

पराजित गर्यो ।
मेसुके ओलमोउले दुई गोल गरेपछि संकटा पहिलो खेलबाटै बाहिरिन पुग्यो ।
मच्छिन्द्रका अधिकांश शुरुवाती ११ का खेलाडीहरु नेपालले
मरिससबिरुद्ध खेल्ने दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रियका लागि राष्ट्रिय
टोलीको क्याम्पमा रहेका छन् । तर यसले मच्छिन्द्रलाई कुनै
फरक परे।
१३ औं मिनेटमा उत्सव राइले मच्छिन्द्रलाई अग्रता दिलाएका थिए
। संकटाले डिफेन्स लाइनमा बल गुमाएपछि उत्सवले लामो
दुरीबाट प्रहार गरेको लो शट गोलमा परिणत भएको थियो ।
दोश्रो हाफ शुरु भएको दोश्रो मिनेटमै मच्छिन्द्रले अग्रतालाई
दोब्बर बनायो । आफ्नै डिफेन्सबाट आएको लामो पास कलेक्ट
गर्दै अभिषेक रिजालले बक्समा निकालेको क्रसलाई संकटाको
डिफेन्सले क्लियर गर्न नसकेपछि मेसुके ओलेमोउले आरामसँग
गोल गरेका थिए।
६३ औं मिनेटमा संकटा खेलमा फर्कियो । अमित तामाङको
कर्नरबाट आएको बलमा निरज बस्नेतले हेडरबाट मिलाइदिएको
बलमा गणेश हमालले हेडरमार्फत नै गोल गर्दा संकटाले
पुनरागमन गरेको थियो ।